शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्वारा १० लाख रुपैंयाँ प्रदान

बुधबार, २९ माघ २०७६, १२ : २३
बुधबार, २९ माघ २०७६

गोरखा– गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि.ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहिन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।

भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन दुई तलाको ढलान सम्पन्न भैसकेको छ ।

गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप