शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाइरल ज्वरोलाई कोरोना ठानेर लगाए पासो, मृत्यु

बुधबार, २९ माघ २०७६, १२ : २१
बुधबार, २९ माघ २०७६

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ ।

मंगलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा पासो लगाएर आत्महत्या गरेका छन् । उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त संक्रमणबाट बचाउन यस्तो कदम उठाएको भारतीय संचार माध्यमले बताएको छ ।

मृतकको पहिचान बाला कृष्णाहदको रुपमा भएको छ । कृष्णाको परिवारका अनुसार भाइरल ज्वरो आइरहेका बेला उनले इन्टरनेटमा कोरोना भाइरससँग सम्बन्धित भिडियो हेरेका थिए । त्यसपछि उनी आफूलाई पनि कोरोना भाइरसले आक्रमण गरेको हो कि भन्ने शंका लाग्यो । मंगलबार कृष्णा आफ्नो परिवारका सदस्यलाई घरमा बन्द गरेर आफ्नी आमाको चिहानमा गए ।

डाक्टरले भेटेनन् कोरोनाको लक्षणः

त्यसपछि कृष्णाकी श्रीमती लक्ष्मी देवीले चिच्यापछि छिमेकीले ढोका खोलिदिए तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । लक्ष्मी देवी र अन्य मानिसहरु कृष्णाकी आमालाई गाडिएको चिहानमा पुगिसक्दा कृष्णाले रुखमा झुण्डिएर आत्महत्या गरिसकेका थिए ।

तिरुपतीका डाक्टरले जब मृतक कृष्णाको परीक्षण गरे तब उनीहरुले कोरोनाको कुनै पनि लक्षण नभेटेको भारतीय संचार माध्यमले बताएका छन् । उनी सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले बताए ।

स्मरण रहोस्, आन्ध्र प्रदेशमा कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप