धुर्मुसको निर्माणाधीन रङ्गशालामा गुञ्जियो ‘पार्टी जिताइदे’
काठमाडौं । ‘सेन्टीभाइरस’ ९ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति एकसाता बाँकी रहदा निर्माण युनिटले फिल्मका लागि ‘पार्टी जिताइदे’ बोलको नयाँ गीत छायाँकन गरेको छ ।
निर्माण युनिटले फिल्मको प्रमोसनल गीतको रुपमा मंगलबार उक्त गीत छायाँकन गरेको हो । गीत चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भित्र छायाँकन गरिएको छ । गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुञ्जाउँदै छायाँकन गरिएको गीत हो ।
गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन् । गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका थिए । गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टीबीच भएको झगडा देखाउन खोजिएको छ ।
शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (भुर्मुस), कुञ्जना, सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ ।
फिल्ममा शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
२ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान