शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

बुधबार, २९ माघ २०७६, ११ : १६
बुधबार, २९ माघ २०७६

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्का विरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए ।

३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए ।

योसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ । प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप