कोरोनाभाइरसले पायो आधिकारिक नाम : कोभीड–नाइनटिन
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-19) भनिनेछ ।
डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।
‘हामीले यस रोगलाई नाम दिएका छौँ – कोभीड–नाइनटिन,’ मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने ।
तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो । १९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो ।
🚨 BREAKING 🚨
— World Health Organization (WHO) (@WHO) February 11, 2020
"We now have a name for the #2019nCoV disease:
COVID-19.
I’ll spell it: C-O-V-I-D hyphen one nine – COVID-19"
-@DrTedros #COVID19 pic.twitter.com/Kh0wx2qfzk
यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो ।
यता, यस रोगबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् । यस रोगको केन्द्रविन्दु मानिएको हुबेइमा नै ९४ जनाले ज्यान गुमाएका थिए ।
चीनभर थप २ हजार १५ जना नयाँ बिरामी थपिएका छन् । जनवरी ३० यता नयाँ बिरामी थपिने दर यो सबैभन्दा न्यून हो । हालसम्म यसबाट ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण