सन्दीपको शान : सन्दीपले ६ विकेट लिँदा ३५ रनमै समेटियो अमेरिका

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेपालले अमेरिकाविरुद्ध घातक बलिङ गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा अमेरिकालाई १२ ओभरमै ‘अलआउट’ गरेको हो । नेपाली बलरहरुका सामु निरीह बनेका अमेरिकी ब्याट्सम्यानहरुले जम्मा ३५ रनमात्र बनाउन सके ।
अमेरिकाका लागि जाभियर मार्शलले सर्वाधिक १६ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सफल भएनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।
नेपाली बलर सन्दीप लामिछानेले ६ विकेट हात पारे । ६ ओभर बलिङ गरेका उनले १६ रनमात्र खर्चिए । यस्तै सुशन भारीले तीन ओभर बलिङ गर्दै पाँच रन दिएर चार विकेट लिए ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार (आज) नेपाल र अमेरिकाबीच अन्तिम प्रतिस्पर्धा भइरहेको छ । नेपाल घरेलु मैदानमा सुखद अन्त्य गर्न चाहन्छ ।
पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमरले भने चारवटै खेल जितेको छ । नेपाल ओमनसँग दुवै खेलमा पराजित भएको थियो । नेपाल ओमनसँगको पहिलो खेलमा १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो । सिरिजको शीर्ष स्थानमा रहेको ओमनले १० खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको अमेरिकाको ११ खेलबाट १२ अंक छ । एक खेल जितेको नेपाल दुई अंक सहित छैटौं स्थानमा छ ।
सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी
-
विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था जानकारी गराउन माग
-
खेलकुद पत्रकार मञ्चमा अधिकारी
-
रोटरी क्लब अफ काठमाडौँ मिडटाउनद्वारा जलवायु परिवर्तनबारे च्यारिटी डिनर कार्यक्रम आयोजना
-
पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक
-
वर्षाका कारण खेल सम्भव नभएपछि हङ्कङसँग अंक बाँड्यो नेपालले