सारा–कार्तिकको ‘लव आजकल’का धेरैजसो अंतरङ्ग दृश्यमा सेन्सर बोर्डले चलायो कैंची

सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकाल’ १४ फेब्रुअरीमा रिलिज हुँदैछ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टिफिकेट दिँदै धेरैजसो अंतरङ्ग दृश्यमा कैंची चलाएको छ । रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिएको पनि जानकारी दिएको छ । एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर गर्न निर्देशन पनि दिएको छ ।
बोर्डले इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्मको सेकेन्ड हाफमा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य पनि हटाउन आदेश दिएको छ । यतिमात्रै होइन फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ । साथै A**,F**K र F*****g लाई म्युट गर्न भनिएको छ । र अन्त्यमा ‘हरामजादों’ शब्दलाई ‘साले बेशर्मों’ मा परिवर्तन गर्न भनिएको छ ।
२ घण्टा २१ मिनेटको फिल्मः
फिल्म २ घण्टा २१ मिनेट लामो छ । कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषि शर्माको पनि महत्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र