शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीः चुनाव जितेका सांसद नरेशको कार्केडमा गोलीबारी, एक समर्थकको मृत्यु

बुधबार, २९ माघ २०७६, ०७ : ३९
बुधबार, २९ माघ २०७६

नयाँ दिल्लीको महरौली विधानसभाबाट जित हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा मंगलबार राती करिब ११ बजे गोलीबारी भएको छ । घटनामा यादव बच्न सफल भएका छन् तर एक समर्थकको गोली लागेका कारण मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।

नरेश यादव मन्दिरबाट दर्शन गरेर घर फर्कने क्रममा एक युवकले पछाडिबाट दुई राउन्ड फायरिङ गरेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

हमलाकर्ताले अशोकलाई नै ताकेका थिएः पुलिस

पुलिसका अनुसार घटनाको क्रममा गाडीमा सांसद नरेश यादवसँगै भएका समर्थन अशोक मान र हरेन्द्रलाई गोली लाग्यो । अशोकको मृत्यु भयो जबकि घाइते हरेन्द्र अस्पतालमा भर्ना छन् । हमलाकर्ता फरार छन् । पुलिसका अनुसार हमलाकर्ताले अशोकलाई नै ताकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप