शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन यूके र नेपाली समूदायबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न

मङ्गलबार, २८ माघ २०७६, २० : ५२
मङ्गलबार, २८ माघ २०७६

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले नेपाली समूदायबीचमा अन्तरसंवाद कार्यक्रमको शुरुवात गरेको छ । 
लन्डनस्थित हिमालयन क्लबमा आइतबार एनआरएनए यूकेको संघसंस्था विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा आयोजना भएको सो कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आइसीसी सदस्य एवं संघसंस्था विभाग यूके सल्लाहकार, रामशरण सिम्खडा, एनआरएन युरोप उप-संयोजक कृष्ण तिमल्सिना, आइसीसी सदस्य विजन भट्ट लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य पेश गर्दै संयोजक रोजिना प्रधान राईले संघसंस्था तथा नेपाली समूदायसँगको सहकार्यमा मात्र अगाडि बढ्न सकिने बताउँदै प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तयार गर्न सहयोग पुग्ने बताइन् । 
 कार्यक्रममा बोल्दै एनआरएन यूके अध्यक्ष पुनम गुरुंगले आफूहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसंगको अन्तरक्रिया गर्ने रहेकोले आफ्नो भनाइ राख्न भन्दा समाज र संस्थाको कुरा सुनेर अगाडी बढ्ने बताइन् ।
 भ्रामक समाचारहरुले अन्योलमा पारेको हुँदा त्यस विषयमा आफूले स्पष्ट पार्ने बताउँदै ‘रे होइन  हो’ भन्ने कुराको निष्कर्षमा पुग्नुपर्ने बताइन् । पावर पोइन्टको माध्यमद्वारा आफूहरुले सम्पन्न गरेका कार्यक्रम लगायत भावी योजनाको बारेमा उल्लेख गरेकी थिइन् । बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिने यस कार्यक्रमले गैर आवासीय नेपाली संघ र विभिन्न संघसंस्थाबीचको सम्बन्धलाई नजिक पार्न सफल हुने उनको विश्वास थियो । 
विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुको जिज्ञासालाई प्रष्ट पार्दै एनआरएनले सानोतिनो मुद्दालाई भन्दा राष्ट्रिय मुद्दालाई लिएर अगाडी बढ्नुपर्ने बताइन् ।
 कार्यक्रममा निर्वाचन प्रक्रिया र एनआरएन परिचयपत्रलाई व्यवस्थित गर्नुपर्ने, आर्थिक कारोवारको पारदर्शिता, नेपाली भाषा साहित्य प्रबर्धन, सामाजिक संजाललाई नियन्त्रण गरिनुपर्ने जस्ता कुरा सबैको चासोको विषय बनेको थियो । सबैको सल्लाह सुझाव र प्रतिक्रियालाई समेटेर अगाडि बाधन र आवश्यक छलफल गरेर अगाडि बढ्ने अध्यक्ष पुनम गुरुङले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

एनआरएन आइडी कार्डको बारेमा प्रष्ट पार्दै रामशरण सिम्खडाले डिजिटल कार्डको तयारी भैरहेको र निकट भविष्यमा नै मोबाइल एप्स मार्फत विभिन्न सुविधासहितको कार्ड आउने बताए । 

एनआरएनको १५औं वार्सिकोत्सवको अवसर पारेर सम्पूर्ण अग्रज तथा संघप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरेका छन् ।
 एनआरएन अध्यक्ष कुमार पन्तले भनेको ‘नो मेम्बर फि’ को बारेमा जानकारी गराउंँदै  युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले एनआरएन फाउन्डेसनको काम अगाडि बढेको बताए । 
 कार्यक्रममा यति नेपाली एसोसियसन यूके, क्याट यूके, एनबिसी यूके, नर्सिङ एसोसियसन यूके,  किरांत राई यायोख्या यूके, आदीवासी जनजाती महिला महासंघ यूके, पासापुच यूके, क्याटर एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, बृटिस वल्फेयर सोसाईटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, रासस , देवाचन बुद्दिष्ट सेन्टर, ओयूएनएफ यूके, शेर्पा किदुङ,  अर्खखांची समाज यूके , क्षेती समाज यूके, तमुधि लण्डन ईकाई लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप