मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको एक्सटेन्सन काउन्टर

मङ्गलबार, २८ माघ २०७६, १९ : ४९
मङ्गलबार, २८ माघ २०७६

ललितपुर– ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा यस बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो । 

कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउन्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप