सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

चितवन– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो ।
सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप(प्रमुख श्रीमती सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्रुव कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन गरियो ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा