बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रष्टाचारको महारोग अन्त गर्न  पहिले हामी आफैँ प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री ओली

मङ्गलबार, २८ माघ २०७६, १९ : ०२
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता दोहोयाएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न् ।’

प्रधानमन्त्री ओलीले अहिले इमान खस्कँदो अवस्थामा रहेको बताउँदै भ्रष्टाचारमा निर्लज्जता थपिएको समेत बताए । उनले इमान खस्कँदो अवस्थामा पहिले आफैंप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई पक्षधरताको विषय बनाइन नहुनेमा समेत जोड दिए । सरकारले आयोगहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने बताउँदै उनले भने, ‘सरकार आयोगहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र हष्तक्षेप वा निर्देशन दिँदैन, भ्रष्टाचारको महारोग अन्त गर्न  पहिले हामी आफैँ प्रतिवद्ध हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप