शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र

मङ्गलबार, २८ माघ २०७६, १७ : ४२
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको दाबी गरेको छ । पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए ।

सभामुख सापकोटाले ज्ञापन पत्र बुझेपछि एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे । यसैबीच संवाददाताहरुसित संक्षिप्त कुरा गर्दै सभामुख सापकोटाले क्यानेडियन सभामुखसँगको भेटघाटबारे आएका समाचारमा सत्यता नभएको बताएका छन् । उनले भेटबारे कुनै कार्यक्रम नै नभएकाले स्वीकार/अस्वीकारको प्रश्नै नउठ्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप