बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा एमसीसीबारे सुझाव पेश गर्न गठित खनाल नेतृत्वको कार्यदललाई समय अपुग

मङ्गलबार, २८ माघ २०७६, १५ : ४०
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसीसम्बन्धी अध्ययन कार्यदलले थप समय माग्ने भएको छ ।  १० दिनको समयसीमा पाएको उक्त कार्यदलले प्रतिवेदन तयार पार्न समय अपुग भएको भन्दै थप समय माग्ने भएको हो । 

मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले काम पुरा हुन नसकेकाले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो । ‘हामीले केही काम गरेका छौ, म्याद थप्ने नथप्ने जिम्मेवारी संयोजकलाई अधिकार दिएका छौ’, कार्यदल सदस्य भिमबहादुर ररावलले रातोपाटीसँग भने, ‘संयोजकलाई निर्णयको अधिकार दिएका छौ ।’

माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले नेता खनाल संयोजक र भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदललाई सुझाव पेश गर्न १० दिनको समय दिइएको थियो । उक्त समय माघ २९ गते बुधबार सकिँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप