नेहा–आदित्यको विवाहको ४ दिनअघि उदित नारायणको चकित पारिदिने खुलासा

भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो ।
इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो । यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका पिता उदित नारायणले यसलाई अफवाहको संज्ञा दिएका छन् ।
एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन् ।’
उदितले थपे, ‘मलाई लाग्छ नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । यहाँ नेहा निर्णायक छिन् भने मेरो छोरा उद्घोषक हुन् ।’
आदित्य नारायणले नेहा कक्कडसँगको विवाहका लागि च्यानलमा सहमती जताएका थिए । आदित्यले फेब्रुअरी १४ मा कार्यक्रममा नै विवाह गर्ने बताएका थिए । च्यानलले यी दुईको विवाहको कार्डसमेत छापेको थियो ।
आदित्यलाई कार्यक्रममा थुप्रै पटक नेहासँग फ्लर्ट गरिएको देख्न सकिन्छ । आदित्यका पिता उदित नारायण कार्यक्रममा आउँदा नेहाको तारिफ गर्दै उनलाई घरको बुहारी बनाउने इच्छा व्यक्त गरेपछि यस्तो अफवाह थप फैलिएको हो ।
रिपोर्टमा बताइए अनुुसार यी दुईले चाँडै नै ब्याचलर पार्टी पनि गर्न सक्छन् । उक्त पार्टी इन्डियन आइडल ११ को सेटमा हुने र अबको विकेन्ड एपिसोडमा देखाइने खबरमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ