शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाले फागुन १ गते शहीदको स्मृतिमा सभा गर्ने

सोमबार, २७ माघ २०७६, २२ : ३८
सोमबार, २७ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा देशभरी गर्नेभएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा गरिने जानकारी दिए ।

उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ । काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलिसभा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप