पूर्वसचिव पत्नी हत्या प्रकरणः कामदारले जबरजस्ती करणी गरेको आशंका
सोमबार, २७ माघ २०७६, २२ : ३०
२

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याअघि जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ । उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबर्जस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिरोध गर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको हो । आत्महत्यापछि भेटिएको चौधरी शवको पाइन्टमा वीर्य भेटिएको प्रहरीको दाबी छ ।
यद्यपि,प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्नेछ । सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा