शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक समाजवादतर्फ अघि बढे पनि सबैको भावना र चाहना समेट्न सकिएन: अध्यक्ष प्रचण्ड

सोमबार, २७ माघ २०७६, १९ : ०७
सोमबार, २७ माघ २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक समाजवादको युगतर्फ अगाडी बढेको भएपनि सबैको भाव र चाहानाहरु समेट्न नसकिएको स्वीकार गरेका छन् । काठमाडौंमा भएको एफएलएफ अवार्ड कार्यक्रममा सम्बोधन गर्दै दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भएपनि अझै सबैको भाव र चाहना समेट्न नसकिएको स्वीकार गरेका हुन् ।

देश संघीय लोकतान्त्रीक गणतन्त्रको युगमा भएपनि संविधानमा अझै समानता, समावेशीताका कुराहरु पुरा हुन नसकेको उल्लेख गर्दै दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौँ । यद्यपि सबैको भावहरु सबैका चाहानाहरु त्यसमा समेटी सके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन् । हाम्रो संविधानले पनि यसको परिमार्जनको यसको विकासको आवश्यकता स्वीकार गरेको छ । तर पनि फेरि एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ ।’

अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरवको कुरा भएको बताएका छन् । विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उचो ठाउँमा पु¥याउन सम्भव रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप