शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न चाँगुनारायण नगरपालिकाको सरकारलाई आग्रह

सोमबार, २७ माघ २०७६, १६ : ४१
सोमबार, २७ माघ २०७६

भक्तपुर । चाँगुनारायण नगरपालिकाले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित नेपाल फर्काएर नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा क्वारेन्टाइनमा राख्ने तयारीमाथि सरकारलाई पुनर्विचार गर्न अनुरोध गरेको छ ।

नगरपालिकाको छैटौँ नगरसभाले क्वारेन्टाइनका लागि खरिपाटी पनि छनौट भएको समाचार प्रकाशन प्रति स्थानीयको विरोध र संक्रमणको मनोवैज्ञानिक त्रास समेत भएकाले उक्त स्थानको अन्यत्र उपयुक्त विकल्प खोज्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाका अनुसार नगरपालिकाको क्षेत्रभित्र निर्धारित स्थानमा क्वारेन्टाइन राख्नै पर्ने अवस्था आइपरे आम नगरवासीको स्वास्थ्यको सुरक्षाको पूर्ण प्रत्याभूति तथा पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने निर्णय पनि गरिएको छ ।

नगरसभाले नोबेल कोरोनाभाइरसको संक्रमणको जोखिममा रहेका चीनमा रहेका नेपालीलाई शीघ्र नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप