शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई काँग्रेसको प्रश्न: चीनमा रहेका नेपालीको उद्धार कहिले, रेल आएपछि ?

सोमबार, २७ माघ २०७६, १३ : ०४
सोमबार, २७ माघ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । 

‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा  ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माको प्रश्न मिश्रित आक्रोश छ । चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले सोधे ।

शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप