शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा

सोमबार, २७ माघ २०७६, ११ : ०४
सोमबार, २७ माघ २०७६

अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा भएको छ जसका कारण बाढीको स्थिती पैदा भएको छ ।

राष्ट्रिय मौसम विभागले पछिल्लो चार दिनमा ३९१.६ मिलीमिटर वर्षा भएको र यसले विनासकारी बाढीको स्थिती पैदा हुनसक्ने चेतावनी दिएको छ ।

करिब एक लाख घरमा बिजुती आपूर्ती बन्द भएको छ ।

यद्यपि, उक्त वर्षाले केही महिनाअघि देखि लागिरहेको दुई ठूला डढेलो भने निभाउन सफल भएको छ ।

साओलह्याभेन शहरमा कुरोवान डढेलो ७४ दिनसम्म लागिरह्यो । जसका कारण पाँच लाख हेक्टर जमिन र ३ सय १२ घर जले ।

सिड्नीको उत्तर पश्चिमको गोस्पर माउन्टेनमा गत अक्टोबरदेखि लागेको डढेलोलाई नियन्त्रण नै गर्न नसकिने ठूलो डढेलोको संज्ञा दिइएको थियो ।

मौसम विज्ञान विभागले डढेलो लागेका स्थानमा बाढीको चेतावनी दिएको छ ।

न्यू साउथ वेल्समा अझै ३१ स्थानमा डढेलो लागिरहेको छ तर तीमध्ये कुनै पनि तत्कालका लागि भयानक छैनन् ।

विगत लामो समयदेखि खडेरीसँग जुधिरहेको उक्त स्थानमा वर्षा पछि राहत महसुस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप