बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरलाई बचाउने प्रयासमा खसे, उद्धार कार्य जारी

सोमबार, २७ माघ २०७६, १० : २९
सोमबार, २७ माघ २०७६

पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् ।

अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्‍याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।

उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । अहिले उनको उद्धार कार्य जारी छ ।

ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप