बराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो बेस्ट डकुमेन्ट्रीको उपाधि
९२ औं एकेडेमी अवार्ड सुरु भइसकेको छ । यस वर्ष लरा डर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सह–अभिनेत्रीको उपाधि आफ्नो पोल्टोमा पारिन् । उत्कृष्ट डमुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो । उत्कृष्ट सह–नायकको उपाधि ‘वान्स अपन अ टाइम इन हलिउड’ का लागि ब्राड पिटलाई दिइयो ।
उत्कृष्ट स्क्रिन प्ले अवार्ड निर्देशक बाङ्ग जूनले पाए । यो अवार्ड उनलाई फिल्म ‘प्यारासाइट’ का लागि दिइएको हो । यस्तै, एडप्टेड स्क्रिनप्ले विधामा ‘जोजो र्याबिट’ का लागि ताइका वतीतीलाई छानियो । ‘टोय स्टोरी ४’ उत्कृष्ट एनिमेटेड फिल्म बन्यो । उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड ‘हेयर लव’ लाई दिइयो । ‘हेयर लव’ का निर्देशक म्याथ्यू चेरीले उक्त अवार्ड दिवंगत कोबे ब्रायन्टलाई समर्पित गरे । यो वर्ष उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म ‘ल नेबर्स विन्डो’ बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित