ओस्कर अवार्डका ती ८ कुरा जुन तपाईंले जान्नैपर्छ

ओस्कर अवार्डलाई सिनेमाको संसारकै सबैभन्दा ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ ।
जोकरले ओस्कर अवार्डका लागि सबैभन्दा धेरै ११ विधामा मनोनयन पायो ।
‘द आयरिशम्यान’, ‘१९१७’ र ‘वन्स अपन अ टाइम इन हलिउड’... यी त्यस्ता फिल्म हुन् जसलाई १० वटा विधामा मनोनयन गरिएको छ ।
यो कुरालाई यहिँ छोडौं । अहिले यहाँ अर्कै कुरा गरौं । धेरै तपसिलबाट ।
के यो आँकडाले ओस्कर सम्मानबारे अरु नै केही बताउँछ ?
१. ओस्कर अवार्डको ९२ वर्षको इतिहासमा, मात्र पाँच महिलालाई उत्कृष्ट निर्देशक विधाका लागि मनोनित गरिएको छ ।
मात्र एक महिला निर्देशक क्याथरी बिगेलोवले ‘द हार्ट लकर’ का लागि ओस्कर जितेकी छिन् ।
उत्कृष्ट निर्देशक विधामा यसपटक पनि सबै पुरुषमात्रै देखिएका छन् । ग्रेटा गेर्विग यस वर्ष लिटिल विमेनका लागि मनोनित हुने दौडमा थिइन् तर स्थान बनाउन सकिनन् ।
सन् २०१८ मा उनलाई उत्कृष्ट निर्देशकको विधामा लेडी बर्डका लागि मनोनित गरिएको थियो । पछिल्लो १२ वर्षदेखि कुनै पनि महिलाले कुनै पनि स्क्रिनप्ले अवार्ड जितेका छैनन् ।
यसवर्षको उत्कृष्ट निर्देशक मनोनितको जानकारी दिँदै अभिनेत्री इसारेले आफ्नो बयानमा भनेकी थिइन्, ‘सबै पुरुषलाई शुभकामना ।’
त्यसो भए ९२ वर्षमा नयाँ महिला निर्देशक किन सार्वजनिक भएनन् ?
२. उमेरः
बेस्ट सपोर्टिङ नायक विधामा नोमिनेशनको औसत उमेर ७१ वर्ष हो ।
५६ वर्षका ब्राड पिट सबैभन्दा युवा हुन् । उनीबाहेक टम हेंक (६३) जो पेस्सी (७६), अल पचिनो (७९) र एन्थोनी होपकिंस (८२) छन् ।
तर कुनै अभिनेत्रीका लागि मनोनयको औसत उमेर ४० वर्ष हो । एक अनुसन्धानका अनुसार हलिउड सधैं अभिनेताको तुलनामा कम उमेरका अभिनेत्रीलाई महत्व दिन्छन् ।
के तपाईंलाई यो सुन्दा अचम्म लागेको छ ? बलिउडको पनि यस्तै हालत छ । बुढा भइसकेका अभिनेता जवान अभिनेत्रीसँग रोमान्स गरिरहेको देखिन्छन् ।
रोमान्स गर्नु चिन्ताको विषय होइन तर दोस्रो पाटो कुनै पनि हातलमा सही होइन ।
३. विविधताः
सन् २०१९ सम्म एक मात्र अश्वेत महिलाले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन्, सन् २००२ मा हेली ब्यारीले ।
अभिनय विधामा सन् २०२० मा सिन्थिया एरिवो एक मात्र अश्वेत अभिनेत्री हुन् जसलाई उत्कृष्ट नायिकाको लागि मनोनित गरिएको छ ।
यसवर्ष जसको नोमिनेशन भएको छ तीमध्ये २० मध्ये १९ अभिनेत्री श्वेत छन् ।
पछिल्लो १० वर्षमा अभिनय विधामा दुई सय मनोनितमध्ये मात्र ७ अश्वेत नायिकाले मात्रै ओस्कर जितेका छन् । हालैका वर्षमा ३इकअबचकक्यध्जष्तभ ट्रेन्डमा रहेको छ ।
४. सबैभन्दा धेरै मनोनयनः
जोन विलियम्सलाई स्टार वार्सः द राइज अफ स्काईवाकरमा उनको स्कोरका लागि ५३ औं पटक मनोनयन दिइएको छ ।
८७ वर्षका संगीतकारको नाममा पनि जीवित व्यक्तिले सबैभन्दा धेरैपटक नोमिनेशन पाएको रेकर्ड पनि छ ।
५. स्कारलेट जोनसनले यसवर्ष दुई ओस्कर नोमिनेशन पाएकी छिन् । पहिलो म्यारिज स्टोरीमा उत्कृष्ट नायिका र जोजो र्याबिटमा सपोर्टिङ नायिकामा ।
उनी यस्ती १२ औं व्यक्ति हुन् जसले एक वर्षमा दुई एक्टिङ नोमिनेशन पाएकी छिन् । मेरिल स्ट्रिपले अहिलेसम्म २१ नोमिनेशन पाएकी छिन् जसमा उनले तीन पटक अवार्ड जितेकी छिन् ।
६. परिवर्तित यो समयमा नेटफ्ल्किका फिल्मले यसवर्ष २० वर्ष बढी मनोनयन पाएको छ । यसमा म्यारिज स्टोरी, द आइरिश म्यान र द टू पोप्स समावेश छन् ।
७. आइलिश कम्पोजर अएमेयर नून ओस्करमा अर्केस्ट्रा गराउने पहिलो महिला हुनेछिन् ।
८. पहिलो पटक निर्देशक जोडीमा आधारित फिल्म अवार्डका लागि आमने सामने हुनेछन् ।
निर्देशक ग्रेटा गेर्विङ्ग र नोआह बाउमबशले उत्कृष्ट फिल्मको विधामा एक अर्काविरुद्ध मनोनयन पाएको छ ।
उनीहरुले सन् २०११ मा डेटिङ सुरु गरेका थिए र उनीहरुका एक सन्तान पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?