आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

चीनबाट फर्काइने नेपालीप्रतिको अभिव्यक्ति, स्वार्थीपनको पराकाष्टा

सोमबार, २७ माघ २०७६, ०७ : ३६
सोमबार, २७ माघ २०७६

चीनमा रहेका नेपालीलाई कोरोना भाइरस निर्मूल नभएसम्म घर फर्किन दिनुहुन्न भन्ने हदसम्मका ‘जनप्रतिनिधि’ पनि फेला परेका छन् । 

फर्काउने नै हो भन हाम्रो गाउँ–बस्तीमा राख्नुहुन्न भन्ने ‘समाजवादी’ देखिएका छन् । मानवीय संवेदनाको शून्य स्थिति मात्र होइन स्वार्थीपनको पराकाष्टा पनि छताछुल्ल भएको छ । 

उमेरले निकै पाको व्यक्तिमा मानवीय संवेदना अझ बढी हुन्छ भन्ने अमविश्वास पनि ज्येष्ट नेता नारायणमान विजुक्छेको टिप्पणीले गलत साबित गरिदियो । विजुक्छेले भने, ‘चिनबाट फर्काइने नेपालीलाई काठमाडौंमै राख्नुहुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु उनीहरुलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’

वैदेशिक हस्तक्षेपका बारेमा तीखो टिप्पणी गर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका ‘देशभक्त’ विजुक्छेले चीनमा रहेका विद्यार्थी र अन्य नेपालीका अभिभावक र परिवारका सदस्यलाई आफन्त घर नफर्किदा पर्ने मानसिक चोटका बारेमा कुनै ध्यान नै दिएनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप