बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलले लगायो प्रतिबन्ध

आइतबार, २६ माघ २०७६, २२ : ३७
आइतबार, २६ माघ २०७६

इरामल्ला ।  इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाइएको आइतबार प्यालेस्टिनी सरकारलाई जानकारी गराएको छ ।  प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका  प्रवक्ता अज्मी अब्देल रहमानले सिन्ह्वासँग भने, ‘इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले जोर्डन हुँदै सबै प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय फेब्रुअरी छ देखि लागू गरिसकेको जानकारी गराएका छन् ।’ 

‘इजरायली निर्णय जोर्डनतर्फको एलेन्बी सीमा पार गरेर हाम्रा किसानहरूको बिरूद्धमा लागू भइसकेको थियो, तर हामीलाई आज प्रतिबन्धका बारे आधिकारिक रूपमा सूचित गरिएको छ,’ उनले भने । इजरायलले निर्यातमा प्रतिबन्ध लगाएका प्यालेसस्टनी सामानहरूमा जैतुनको तेल र जडिबुटी रहेका छन् जस अन्तर्गत  वार्षिक १० करोड अमेरिकी डलर मूल्य बराबरको कृषि उपजलाई इजरायल प्रवेशमा रोक लागेको रहमानले बताए ।

यसपहिले प्यालेस्टिनी सरकारले तरकारी, फलफूल, खनिज पानी र शीतल पेयजस्ता इजरायली उत्पादनहरू आयात गर्नमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।  गत सेप्टेम्बरमा प्यालेस्टाइन सरकारले मासुका लागि आयात गरिने इजरायली बाच्छाहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विवादको सुरूवात भएको थियो । बदलामा प्यालेस्टिनी सरकारले इजरायली ताजा तरकारी र फलफूलमा प्रतिबन्ध लगाइएको थियो ।

‘इजरायलले पेरिस प्रोटोकलको लगभग सबै धाराको उल्लङ्घन गरिसकेको छ,’ अब्देल रहमानले भने ।  ‘प्यालेस्टाइन र जोर्डनबीचको निर्यातमा इजरायललाई हस्तक्षेप गर्न दिइनु हुँदैन’ उनले थपे ।

पेरिस प्रोटोकल सन् १९९४ मा इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीचको आर्थिक सम्बन्धलाई नियन्त्रण गर्नका लागि हस्ताक्षर गरिएको आर्थिक सन्धि हो । जसमा प्यालेस्टाइनहरुलाई इजरायलले बन्दरगाह र सीमा नाका स्वतन्त्र रूपमा उपयोग गर्न मिल्ने र दुबै पक्षले नियमित बैठकहरुमा सहभागिता जनाउने उल्लेख गरिएको छ ।  यद्यपि दुई पक्षबीचको संयुक्त आर्थिक समितिले सन् २००० मा बैठक गर्न बन्द ग¥यो । तर इजरायलले त्यसपछि एकपक्षीयरूपमा आफु अनुकुलका घोषणा गर्दै आएको अब्देल रहमानले बताए ।

‘हामीले पटक पटक बैठकका लागि आग्रह गरेका छौ तर इजरायलले स्वीकार गरेको छैन,” प्रवक्ता अब्देल रहमानले भने । वेस्ट बैंकमा रहेका प्यालेष्टिनीहरूले जोर्डन र विश्वका अन्य मुलुकसँग जोडिनका लागि एलेन्बी ब्रिज (पुल) को प्रयोग गर्छ । सिन्ह्वा/Photo:AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप