बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शोभाकान्त ढकालको घरमा बम बिस्फोट गर्ने गोरखाका भट्ट पक्राउ

आइतबार, २६ माघ २०७६, २१ : ५८
आइतबार, २६ माघ २०७६

काठमाडौ । भूमाफिया शोभाकान्त ढकालको काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको घरमा बम विस्फोट गराउने एकजना पक्राउ परेका छन्  । महानगरीय अपराध महाशाखाको टोलीले गोरखाका कपिल भट्टलाई पक्राउ गरेको हो ।

भट्ट प्रतिबन्धित विप्लव समूहका गन्डकी प्रदेश ब्यूरो इन्चार्ज हुन् । घटनामा थप सम्लग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको महाशाखा स्रोतले जनाएको छ ।

ढकाल बालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन्  । ढकालको घरमा माघ १ गते बम बिस्फोट भएको थियो । सोही दिन बालुवाटारमा पनि बम भेटिएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप