बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीको वायु प्रदुषणस्तर भयावह

आइतबार, २६ माघ २०७६, २१ : २५
आइतबार, २६ माघ २०७६

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर भयावह बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले आइतबार बताएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अङ्कमा पुगेको देखिएको छ ।

त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडाको आसपासमा वायुको प्रदुषण दिल्लीको भन्दा अझ बढी रहेको केन्द्रले जनाएको छ । नोएडामा वायुको गुणस्तर सूचकाङ्क ३१९ पुगेको जनाइएको छ ।

केन्द्रका अनुसार वायुको गुणस्तर शुन्यदेखि ५१ अङ्कसम्म भएमा राम्रो, ५१–१०० सम्म सन्तोषजनक, १०१–२०० सम्म मध्यम र २०१–३०० सम्मलाई कमजोर मानिन्छ । त्यस्तै ३०१–४०० सम्म अत्यन्त कमजोर  ४०१–५०० अङ्कलाई चिन्ताजनक वा खतराजन्य मानिने केन्द्रले बताएको छ । 

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हावाको गुणस्तर फेब्रुअरी १० मा यस बर्षको सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः यसमा सुधार आउने बताएको छ । 

प्रदुषणको प्रमुख स्रोत, पीएम २.५ र पीएम १०, क्रमशः २०३ र २१४ पुगेको छ । यी दुबै विन्दु ‘कमजोर’ गुणस्तरलाई जनाउँछ । लोधी सडक खण्डमा वायुको गुणस्तर नयाँ दिल्ली क्षेत्रमा सबैभन्दा कमजोर अवस्थामा रहेको वायु प्रदुषण सुचकाङ्क तथ्याङ्कले देखाएको छ ।

दिल्लीको प्रसिद्ध बजार क्षेत्र चाँदनी चोकमा ‘निकै कमजोर’ ३३६ अङ्कमा पुगेको छ भने मथुरा रोडमा ३१५ अङ्कमा पुगेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप