एनएमबि बैंकमा गाभिने भयो सदुरपश्चिमको कञ्चन विकास बैंक
काठमाडौं । एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिने भएको छ । आइतबार ती दुई बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन विकास बैंक गाभिएसँगै एनमबी सुदुरपश्चिममा समेत बलियो बनेको छ ।
केही समयअघि मात्र एनएमबिले राष्ट्रि स्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार शुभारम्भ गरेको थियो ।
एनएमबि बैंक लि. नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको बै.क हो । जसले लगातार दुईपटक बैंक अफ दि ईयरबाट सम्मानित समेत भैसकेको छ । ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको एनएमबी ‘क’ वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।
कञ्चन कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।
कञ्चन डेभलपमेन्ट बैंकलाई गाभिएपछि ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको एनएमबि बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने