बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनएमबि बैंकमा गाभिने भयो सदुरपश्चिमको कञ्चन विकास बैंक

आइतबार, २६ माघ २०७६, २० : ५५
आइतबार, २६ माघ २०७६

काठमाडौं । एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिने भएको छ । आइतबार ती दुई बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको  कञ्चन विकास बैंक गाभिएसँगै एनमबी सुदुरपश्चिममा समेत बलियो बनेको छ । 

केही समयअघि मात्र एनएमबिले राष्ट्रि स्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार शुभारम्भ गरेको थियो । 

एनएमबि बैंक लि. नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको बै.क हो । जसले  लगातार दुईपटक बैंक अफ दि ईयरबाट सम्मानित समेत भैसकेको छ ।  ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको एनएमबी ‘क’ वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।

कञ्चन  कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई गाभिएपछि ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको एनएमबि बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप