बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जथाभावी बाटो खन्न डोजर संस्कृतिको नियमन गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

आइतबार, २६ माघ २०७६, १२ : ४७
आइतबार, २६ माघ २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताएका हुन् । 

‘जलवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको छ । खाध्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाई सराई गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ । जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको छ’, मन्त्री पोखरेलको भनाई छ । 

जलवायु परिवर्तन हुनुमा विकशित राष्ट्रहरुको भूमिका बढी भएपनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको बताए । 

उनले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य एजेण्डा बनाइएको बताए । 

‘नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने र डोजर संस्कृतिको नियमन गर्नुपर्ने हुन्छ’, मन्त्री पोखरेलको भनाई छ । 

कार्यक्रमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताए । 

उनले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पु¥याउने विश्वास समेत गरे । 

उनले जलवायु परिवर्तन न्यूनिकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए । 

मन्त्री ज्ञवालीले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत जानकारी दिए । 

‘सगरमाथा संवादमा विभिन्न मुलुकका राट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागि हुन्छन् ।संवाद प्रत्येक २÷२ वर्षमा आयोजना गरिन्छ’, मन्त्री ज्ञवालीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप