शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पाम आयलको निर्यात खुल्यो, अब व्यवसायीले अनिवार्य लाइसेन्स लिनुपर्ने

आइतबार, २६ माघ २०७६, १२ : ४१
आइतबार, २६ माघ २०७६

काठमाडौं । भारतले नेपाली पाम आयलको निर्यात खुल्ला गरेको छ । गत पुसमा मूल्य अभिवृद्धिलाई कारण देखाउँदै आयात रोकेको भारतले पुनः पाम आयलको निर्यात खुल्ला गरेको हो । 

शुक्रबार एक सूचना जारी गर्दै भारतीय वाणिज्य संघले यसअघि रोक्का गरिएको पाम आयलको आयात खुल्ला गरेको जनाएको छ । तर, अब हुने सम्पूर्ण आयातमा आयातकर्ताले अनिवार्य लाइसेन्स (अनुमतिपत्र) दिनुपर्ने भएको छ । 

पाम आयलको निर्यातमा भारत लचक भएपनि लाइसेन्सको व्यवस्थाले केही निर्यात परिणाम घट्ने देखिएको छ । तर, यसले नेपाललाई खासै फरक नपार्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव नवराज ढकालले रातोपाटीलाई बताए । 

‘भारतले रोकेको पाम आयल खुल्ला गरेको सूचना आएको छ,’ ढकालले भने, ‘गत शुक्रबार ६ फेब्रुअरीमा उताबाट सूचना आएको हो । तर, के के व्यवस्था गरेर आएको छ भन्ने अहिले नै एकिन भएको छैन । अहिलेलाई पाम आयालमा भारतले लाइसेन्स अनिवार्य गरेको छ ।’

यसअघि पाम आयालको आयात निर्यातमा कुनै लाइसेन्सको व्यवस्था थिएन ।

ढकालका अनुसार भारतको यो प्रावधानले नेपाललाई खासै फरक पर्दैन । बरु व्यवस्थित हुन सहयोग गर्छ । उद्योगी व्यवसायीहरुले चाहेको निर्यात गर्न सक्छन् । 

यसअघिसम्म भारतले इन्डोनेसिया तथा मलेसियाबाट पनि ठूलो परिमाणमा पाम आयल आयात गरिरहेको थियो । तर अबदेखि नेपालबाट मात्रै पाम आयल आयात गर्ने नीति बनाएको बुझिएको छ । 

नेपालले मलेसिया इन्डोनेसिया लगायतकै देशहरुबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर पाम आयाल भारत निर्यात गर्दै आइरहेको छ । गत पुस २३ गते भारतले एकाएक नेपाली पाम आयलको आयालमा प्रतिवन्ध लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप