जनतासँग मर्जरपछि ग्लोबल बैंकको नाफा १६८ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा १६८ करोड रुपैंया पुगेको छ । जनता बैंकसँग मर्जरपछि पहिलोपटक एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको सो बैंकले पुस महिनासम्मको अवधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैंया नाफा कमाएको विवरण सार्वजनिक गरेको हो ।
यो नाफा अघिल्लो वर्ष कमाएको १ अर्ब २२ करोडको तुलनामा ३७ प्रतिशत बढी देखिएको छ । तर जनता बैंक र हाथवे फाइनान्सलाई समेत आफूमा लिएको बैंकको ती सबैको नाफा भने अघिल्लो बर्ष ३२ करोड १९ लाख तथा हाथवेको ३७ लाख नाफा समेत जोड्दा भने अहिलेको नाफा अघिल्लो वर्षको नाफाभन्दा ८.४४ प्रतिशत मात्रै बढी हुन आउँछ ।
बैंकले पुस मसान्तसम्म १ खर्ब ९७ अर्ब ४१ करोड रुपैंया निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५३ करोड रुपैंया कर्ज प्रवाह गरेको छ । पुस मसान्तसम्म सो बैंकले संकलित निक्षेपमा ५ अर्ब ८ करोड रुपैंया ब्याज दिँदा प्रवाहित कर्जामा ८ अर्ब ६३ करोड रुपैंया ब्याज उठाएको छ । त्यस्तै गैरब्याजतर्फ ६९ करोड रुपैंया खुद आम्दानी आर्जन गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
बैंकले कर्मचारी खर्चतर्फ १ अर्ब १६ करोड ९३ लाख तथा अन्य सञ्चालन खर्चतर्फ ४८ करोड ६० लाख रुपैंया खर्च गरेको देखिएको छ ।
सो बैंकको पुँजीकोष अनुपात ११.४७ प्रतिशत, निष्क्रय कर्जा अनुपात १.२० प्रतिशत, कस्ट अफ फण्ड ६.७९ प्रतिशत सीसीडी अनुपात ७८.९८ प्रतिशत, बेसरेट ९.६४ प्रतिशत र स्प्रेडदर ५.३१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता