नेकपा सचिवालय बैठक स्थगित
आइतबार, २६ माघ २०७६, १० : ३३

काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए ।
‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने जानकारी आयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अर्को मिति तय भैसकेको छैन ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली केही दिनयता लगातार कार्यक्रमहरुमा सहभागी हुनुपरेको तथा शनिबार नियमित डायलाइसिस पनि भएकाले उहाँ आज कुनैपनि कार्यक्रममा सहभागि नहुने जानकारी दिए ।
गत माघ १९ गते नेकपा केन्द्रीय समिति बैठक समापनअघि सचिवालय बैठक बसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय