बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रोलर्ससँग रिसाएकी तापसीको जवाफः मलाई के गर्ने र नगर्ने भनेर सिकाउने तपाईं को ?

आइतबार, २६ माघ २०७६, ०९ : ४७
आइतबार, २६ माघ २०७६

बलिउड अभिनेत्री तापसी पन्नुले ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । शनिवार दिल्लीको विधानसभा चुनावमा मतदान गरेको तस्बिरमाथि ट्रोल बनाएपछि उनले त्यसको जवाफ दिएकी हुन् । 

उनले सामाजिक सञ्जालमा औंलामा भोट हालेको निशान भएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । 

सामाजिक सञ्जालमा उनले सेयर गरेको तस्बिरमा एक जनाले लेखेका छन्, ‘जुन व्यक्ति मुम्बईमा बसोबास गर्छ । त्यो व्यक्तिले हाम्रो लागि के निर्णय गर्न सक्छ ? तापसी मुम्बई गएकी वर्षौ भइसक्यो । उनले उनको मत पनि मुम्बईमा नै हाल्नुपर्छ ।’

उनको जवाफ दिदैँ तापसीले लेखेकी छिन्, ‘कसैको पनि नागरिकतामाथि सवाल उठाउने अधिकार कसैलाई छैन । म दिल्लीमा पनि उत्तिकै बस्छु । कर पनि दिल्लीमै तिर्छु । कृपया !मेरो नागरिकतामाथि सवाल नउठाउनुहोस् । तपाईं तपाईंकै बारेमा चिन्ता गर्नुस् ।’

अभिनेत्री पन्नुले अगाडि लेखेकी छिन्, ‘तपाईं दिल्लीबाट कुनै पनि केटीलाई निकाल्न सक्नुहुन्छ । तर कुनै पनि केटीको दिलबाट दिल्लीलाई निकाल्न सक्नुहुन्न । तपाईं को हो र मलाई यो गर र त्यो गर भनेर सिकाउने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप