रोनाल्डोको कीर्तमानी गोलका बावजुद युभेन्ट्स स्तब्ध

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा हेलास भेरोनासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स घरेलु टोली भेरोनासँग २–१ गोलले स्तब्ध बन्यो ।
भेरोनाको जितमा फावियो बोरिनी र जियामपाओलो पाजिनीले गोल गरे । युभेन्ट्सका रोनाल्डोले गरेको गोल सान्त्वना गोलमा सिमित बन्यो । ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । भेरोनाविरुद्ध गोल गर्दै रोनाल्डोले सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी यसै खेलबाट युभेन्ट्सबाट सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बने ।
युभेन्ट्सको अग्रतापछि जोसिएको भेरोनाले ७६औं मिनेटमा बराबरी गोल फर्कायो । फावियो बोरिनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८६औं मिनेटमा जियामपाओलो पाजिनीले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाए । युभेन्ट्सका लियोनार्दाे बोनुचीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भेरोनाले पेनाल्टी पाएको थियो । भेरोनाले खेलको अन्तिम समयमा गरेको त्यही पेनाल्टी गोल युभेन्ट्सका लागि महंगो बन्यो ।
यस हारसँगै युभेन्ट्सले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । शीर्ष टोली युभेन्ट्सको २३ खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २२ खेलबाट ५१ ऋंक छ । ३४ अंक बनाएको भेरोना छैटौं स्थानमा छ । शनिबार राति नै भएको अन्य खेलमा बोलोग्नाले रोमालाई ३–२, एटलान्टाले फियोरेन्टिनालाई २–१ र साम्पडोरियाले टोरिनोलाई ३–१ गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी