बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डमा सेनाका जवानले गरे अन्धाधुन्ध गोलीबारी, मृत्यु हुनेको संख्या २० पुग्यो

आइतबार, २६ माघ २०७६, ०६ : ५१
आइतबार, २६ माघ २०७६

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानले गरेको अन्धाधुन्ध गोलीबारीमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि हमला गरेका थिए ।

त्यसपछि उनले उत्तर पूर्व बैंकको शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोलीबारी गरे । हमलाकर्ता अहिले कतै लुकिरहेका छन् ।


स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य चारजनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उक्त घटनामा ३१ जना घाइते भएको जसमध्ये १० को स्थिती गम्भीर बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सोसल मिडियामा दिइरहेका थिए अपडेटः

स्थानीय मिडियाको फुटेजमा देखिए अनुसार संदिग्ध हमलाकर्ता आफ्नो कारबाट  सपिङ सेन्टर बाहिर निस्किरहेको र मानिसहरुमाथि गोली वर्षाइरहेको देखिएका छन् । थुप्रै फुटेजमा भवनबाहिर आगो पनि देखिएको छ ।

केही रिपोर्टका अनुसार गोली लागेका कारण एउटा ग्यास सिलिन्डर पड्किएको जसका कारण आगलागी भएको हो । संदिग्धले आफ्नो एक तस्बिर सोसल मिडियामा पोष्ट गरेका छन् जसमा उनी आगो अगाडि उभिएका छन् ।

प्रशासनले सपिङ सेन्टर सील गरेको छ र संदिग्धको खोजी गरिरहेको छ । पुलिसले स्थानीयलाई आफ्नै घरभित्र रहन आग्रह गरेको छ ।

संदिग्धले कुन उद्देश्यका साथ हमला गरेका थिए, त्यो भने स्पष्ट भएको छैन । हमलाको क्रममा संदिग्धले सोसल मिडियामा पोष्ट पनि गरिरहेका थिए, एक पोष्टमा उनले कता आत्मसमर्पण गर्ने भनेर सोधिरहेका थिए ।

यी व्यक्तिले बन्दुक र गोलीसहित एक तस्बिर पोष्ट गर्दै लेखेका थिए, ‘रोमाञ्चकता पैदा गर्ने बेला आएको छ’ र ‘कोही पनि मृत्युबाट बच्न सक्दैनन् ।’

फेसबुकले अब यी व्यक्तिको पेज हटाइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप