स्वचालित हतियार चोरेर शहर पसे ‘थाई सैनिक’, अन्धाधुन्ध गोली चलाउँदा १७ जना मारिए
बैंकक । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।
आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण