शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा

शनिबार, २५ माघ २०७६, २१ : ५७
शनिबार, २५ माघ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीको प्रदेश संसदीय दलको बैठकमा कर्णाली प्रदेश सरकारको कामको समीक्षा भएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतमा आज बसेको संसदीय दलको नियमित बैठकमा प्रदेश सरकारका विभागीय मन्त्रीले दोस्रो चौमासिकको हालसम्म भए÷गरेका कामको प्रगतिबारे दलका सदस्यलाई अवगत गराएका थिए । 
बैठकमा मुख्यमन्त्री शाहीले सरकारले कर्णाली प्रदेश समन्वय परिषद्, विकास परिषद् बैठक सम्पन्न गरेको बताउँदै त्यसको दूरगामी प्रभाव सकरात्मक पर्ने विश्वास दिलाए ।
 
    प्रक्रियागत ढिलाइ, जनशक्ति व्यवस्थापन र विकट भूगोलका कारण सरकारको काममा ढिलासुस्ती देखिए पनि अब त्यही गति नरहने उनको भनाइ थियो । बैठकमा मुलतः संसद्को भूमिकालाई जतिसक्दो प्रभावकारी बनाउने, सरकारका विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनलाई जनअपेक्षाकृत ढङ्गबाट लैजाने भन्ने विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

“सरकार आगामी बस्ने संसद् बैठकलाई फलदायी बनाउनेतर्फ केन्द्रित भएको छ”, कानूनमन्त्री भण्डारीले भने, “विकास निर्माणका कार्यलाई गतिशील बनाउन सबैको साथ सहयोगबाट सरकार अघि बढ्छ ।” हिउँदको समय, जनशक्ति अभाव र भौगोलिक विकटताले विकास निर्माणका कार्यमा केही अवरोध आए पनि अब सरकारका सबै काम नियमितरूपमा सञ्चालन हुने प्रदेश सरकारले बताएको छ । 

    नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारका मन्त्रीहरुले आआफ्नो मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गरेपश्चात भएको समीक्षा सौहाद्रताका साथ सम्पन्न भएको बताए । दलको बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आआफ्ना सुझावात्मक धारणा व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप