बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान संशोधन नभए आन्दोलनमा जान्छौँः अध्यक्ष यादव

शनिबार, २५ माघ २०७६, २१ : ५४
शनिबार, २५ माघ २०७६

सुनसरी । संविधान संशोधन भएन भने आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 
सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताए । 
उनले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएकाले संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिए । 

वर्तमान सरकारले संविधान संशोधन गर्ने भनेपछि आफ्नो पार्टी सरकारमा सहभागी भएको तर त्यसतर्फ कुनै पहल नभएपछि आफूहरु सरकारबाट बाहिएको अध्यक्ष यादवले बताए । 
 
सोही कार्यक्रममा सयौ नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता धर्मेन्द्र मेहताले बताए । 
नवप्रवेशीलाई अध्यक्ष यादव, सचिव पर्शुराम बस्नेतलगायतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप