मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सय करोड क्लबमा एनआईशी एशिया एक्लो, अन्य बैंकको अवस्था कस्तो ?

शनिबार, २५ माघ २०७६, २० : २५
शनिबार, २५ माघ २०७६

काठमाडौं । दुई अर्बभन्दा बढी नाफा कमाउने बैंकको समूह (दुई सय करोड क्लब)मा एनआईशी एशिया बैंक एक्लो देखिएको छ । माघ २५ गतेसम्म वित्तीय विवरण प्रकाशन गरेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये एनआईशी मात्रै सो समूहमा पर्न सफल भएको हो । 

बजारमा रहेका २७ वाणिज्य बैंकमध्ये शनिबारसम्म १७ ओटा बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् । यसमध्ये एनआईशी एशिया बैंकले २ अर्ब १ करोड रुपैंया नाफा कमाएको छ । अरुको नाफा २ अर्ब भन्दा कम छ ।
त्यस्तै, १० ओटा वाणिज्य बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन् । त्यसरी १ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरुमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्राइम कमर्शियल बैंक, सानिमा बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंक छन् । 

त्यसमध्ये पनि हिमालयन, इन्भेष्टमेन्ट, कृषि विकास र एभरेष्ट बैंकको नाफा डेढ अर्बभन्दा माथि छ । नेपाल बैंक, प्राइम, सानिमा, प्रभु, सिद्धार्थ र नेपाल एसबीआई बैंकको नाफा डेढ अर्बभन्दा कम छ ।
सनराइज बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक र सिटिजन्स बैंकको नाफा भने १ अर्बभन्दा पनि पनि छ । 

एनआईशी एशिया किन एक्लो ?

एनआईशी एशिया बैंकमात्रै सो समूहमा एक्लो हुनाको कारण ‘जाइन्ट’ बैंकहरुले रिपोर्ट प्रकाशन नगरेकोले हो । अहिलेसम्म पनि १० ओटा बैंकको रिपोर्ट प्रकाशन भएको छैन । तीमध्ये ४ ओटा बैंक २ अर्ब नाफा कटाउने हैसियतमा छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंकको नाफा यो अवधिमा २ अर्बभन्दा माथि रहनसक्ने देखिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो वर्षको यही समयमा २ सय ४० करोड रुपैंया खुद नाफा कमाएको थियो भने नबिल बैंकले २ अर्ब ४ करोड कमाएको थियो । उता ग्लोबल आईएमई बैंकले जनता बैंकसँगको मर्जरपछि सो क्लबमा पुग्ने सम्भावनालाई उच्च बनाएको छ ।

अघिल्लो वर्ष एक्लै १२२ करोड नाफा कमाएको बैंकले अहिले जनता बैंकसँग मर्जर गरेको छ भने हाथवे फाइनान्सलाई समेत आफूमा गाभेको छ । जनता बैंक एक्लैले अघिल्लो वर्ष ६३ करोड रुपैंया कमाएको थियो । 
तर एनआईशी एशिया एक्लो बन्नुको कारण त्यतिमात्रै चाहिँ होइन । यो वर्ष राम्रो सम्भावना बोकेका बैंकहरुमा केही कमजोरी देखियो । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंक दुवैको नाफामा यो अवधिमा गिरावट देखियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले १९७ करोड नाफा कमाएको थियो । दुई अर्बको लक्ष्य भेट्न नाफामा सामान्य वृद्धि नै पर्याप्त थियो । तर यो वर्ष सो बैंकको नाफामा उच्च गिरावट देखियो । नेपाल बैंकलाई भने त्यो लक्ष्य भेट्टाउन राम्रै प्रगति हासिल गर्नुपथ्र्यो तर बैंकको नाफा बढ्नुको सट्टा उल्टै घटिदियो । अघिल्लो वर्ष १६६ करोडको शानदार प्रदर्शनलाई यो वर्ष १३५ करोडमा सीमित गर्न बाध्य भयो । 

नाफा वृद्धिको अवस्था

यो वर्ष एनआईशी एशियाले ३३ प्रतिशत नाफा वृद्धि बाहेक हिमालय बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक, सनराइज बैंक, कुमारी बैंक र सानिमा बैंकको नाफा दोहोरो अंकले बढ्यो ।

तीमध्ये पनि हिमालयन, लक्ष्मी, कृषि विकास र प्राइमको नाफा २० प्रतिशत भन्दा माथि नै रह्यो । बाँकी रहेका सनराइज, कुमारी र सानिमा बैंकले पनि १५ प्रतिशतभन्दा बढी नाफा कमाउन सफल भए ।
एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको नाफा वृद्धि सकारात्मक देखिए पनि नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको नाफा भने तुलनात्मक रुपमा नकारात्मक देखिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप