प्रदेश - ५ सरकारले जेष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउँदै
बुटवल । प्रदेश ५ सरकारले जेष्ठ नागरिकको घर–घर मै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य सेवा पुराउने कार्यक्रम ल्याएको छ । अहिलेलाई ८४ वर्षभन्दा माथीका बृद्ध–बृद्धाहरुलाई घर घर मै पुगेर स्वास्थ्य सेवा पुराउने लक्ष्यका साथ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत यस्तो कार्यक्रम अगाडि सारिएको हो ।
यही माघ १४ गतेका सामाजिक विकास मन्त्री सुदर्शन वरालले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर स्वास्थ्य सेवा कार्यक्रम सम्बन्धी निर्देशिका जारी गरे लगत्तै प्रदेश ५ का १२ वटै जिल्लामा सो कार्यक्रम सुरु भएको हो ।
यति बेला यस प्रदेशका १२ वटै जिल्लामा जिल्लास्थित सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिको छ । वडा कार्यालयबाट उनीहरुको नागरिकता, बृद्ध भत्ताको परिचय पत्र वा त्यो पनि नभए वडा कार्यालयको सिफारिसमा उमेर प्रमाणित गरि परिचय पत्र वितरण गरिने छ । यो कार्यक्रम प्रभावकारी बन्न क्रमशः उमेर समूह घटाउँदै जाने प्रदेश सरकारको योजना छ ।
सोही कार्यक्रम अन्तरगत शनिवार स्वास्थ्य कार्यालय गुल्मीले सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
जिल्ला समन्व्य समिति प्रमुख अध्यक्ष रहने गरि यस कार्यक्रम सञ्चालन हुनेछ । जिल्ला समन्व्य समितिले नै यस कार्यक्रमको प्रभावकारिताबारे भुमिका खेल्नेछ र अनुगमन पनि उसैले गर्ने छ ।
जेष्ठ नागरिकको सामन्य स्वास्थ्य परीक्षणदेखि ब्लड प्रेशर, स्वास–प्रश्वास, जण्डिस, आँखा, कानसहित सबै प्रकारका रोगको परिक्षण र निशुल्क उपचार गर्ने स्वास्थ्य कार्यालय गुल्मीका ल्याव टेक्निसियन लक्ष्मण पन्थीले जानकारी दिए ।
जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले जेष्ठ नागरिकलाई घर घरमा पुगेर स्वास्थ्य सेवा पुराउने प्रदेश ५ को पहिलो गुल्मीको रुरु क्षेत्र गाउँपालिका रहेको बताए ।
त्यहाँका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको पहिलो बर्ष नै जेष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य सेवा पुराउने कार्यक्रम गरेको थिए । रुरु क्षेत्र गाउँपालिकाले झैं गुल्मीकै मालिका गाउँपालिकाले पनि जनताको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राख्दै आएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका र आर्थिक अवस्था कम्जोर भएका विरामीहरुलाई घरदेखि निःशुल्क बाहिरका अस्पतालमा पुराउन जिम्मेवारी समेत लिएको छ ।
मालिका गाउँपालिका वडा २ दर्लिङ्गकी ८६ बर्षीया सेती परियारले मोतिया विन्दु रोगले आठ बर्षदेखि दुबै आँखाको ज्योति गुमाएकी थिइन् । उनका लागि वरदान बन्यो मालिका गाउँपालिकाको घर घरमा स्वास्थ्य सेवा कार्यक्रम । अनि गाउँपालिकाको समन्वयमा जिल्ला आँखा उपचार केन्द्रको टोलीले उनको आँखाको अप्रेशन गरि दियो र उनी आठ वर्षपछि संसार देख्न पाएकी छन् ।
यस्तै सोही गाउँपालिका वडा ४ अर्खबाङ्गकी मनी घर्ती मगरले पनि मोतिया विन्दु रोग कै कारण गत एक दशक देखि आँखाको ज्याति गुमाएकी थिइन । उनले पनि अहिले संसार नियाल्न पाएकी छन् । आँखा उपचारको त यी दुई बृद्धा प्रतिनिधी पात्र मात्रै हुन ।
स्थानिय सरकारले गत बर्ष यस्तो अभियान सुरु गरे पछि धेरैले आँखाको ज्योति पाएका छन् । सो गाउँपालिका स्वास्थ्य संयोजक बसन्त भुसालका अनुसार गत एक बर्षमा त्यस गाउँपालिका सय जना भन्दा बढि पाढे घरको समस्या भएका महिलाहरुको उपचार भइसकेको छ ।
५ जनाको परिवारले ३५ सयको स्वास्थ्य विमाको परिचय पत्र बनाए पछि बार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार पाउने कार्यको सुरुवात गुल्मीको रेसुङ्गा नगरपालिकाबाट सुरु गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै