शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

शनिबार, २५ माघ २०७६, १७ : ३४
शनिबार, २५ माघ २०७६

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।

तुल्सीपुर उपमहानगरपालिका ७ स्थित नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी, सोही स्थानकी ४५ वर्षीया लक्ष्मी आचार्य  र घोराही उपमहानगर पालिका–११  हापुराका   सुर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले लागेर मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी र आचार्यको राप्ती लाइफ केयर अस्पताल तुल्सीपुरमा उपचारको क्रममा तथा पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।  घटना

 शनिबार दिउँसो करिव १ बजेको समयमा भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप