शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिषादीयुक्त तरकारी निरुत्साहित गर्न एक वडा एक प्राविधिक परिचालन

शनिबार, २५ माघ २०७६, १५ : ५७
शनिबार, २५ माघ २०७६

   बाहिरबाट आउने बिषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ । 

    नगरका दशवटै वडामा एक वडा एक प्राविधिक छनौट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राविधिक परिचालन गरिएको हो ।

    कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बालीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । 

    सो कार्यक्रम अन्तर्गत वडा नं १ मा कागति, वडा नं। २ मा मौरी, खुर्सानी, गोलभेँडा, वडा नं। ३ मा अदुवा, एभोकाडो, आलु, वडा नं ४ मा काक्रो, बन्दा तथा वडा नं ५ मा गोलभेँडा र केराका लागि छनोट गरिएको छ । त्यस्तै वडा नं ६ मा आलु, मौरी र केरा, वडा नं। ७ मा घिरौला, करेला, कागती,  वडा नं ८ मा सिमी र सुन्तला, वडा नं ९ मा कफी, अदुवा र वडा नं।१० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनका लागि छनौट गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप