शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मापसे गरेर होहल्ला गर्ने समूहले गरेको थियो सिन्धुपाल्चोक प्रहरी चौकी आक्रमण

शनिबार, २५ माघ २०७६, १५ : ३४
शनिबार, २५ माघ २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित प्रहरी चौकी तिपेनीमा शनिबार मध्यराति मापसे गरेर हो–हल्ला गर्दै हिँडेको समूहले चौकी आक्रमण गरेको खुल्न आएको छ । आक्रमणमा २ प्रहरी समेत घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङका अनुसार मापसे गरेर हो–होल्ला गर्दै हिँडेको समूहले चौकीमा आक्रमण गरेको हो । उनले भने, ‘राति मापसे गरेर बाटोमा हो–हल्ला गर्दै हिँडेको देखेपछि प्रहरीले हल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीमाथि आक्रमण भएको हो ।’

मोटरसाइकलमा आएका १०–१२ जनाको अज्ञात समूहले चौकी आक्रमण गरेको इन्सपेक्टरको तामाङले बताए । आक्रमणबाट प्रहरी चौकी भवनको झ्याल, सिसालगायत फुटेको छ ।

यस्तै आक्रमणकारीले प्रहरीको मोबाइल फोन समेत चोरेका प्रहरीको भनाइ छ ।

प्रहरीले आक्रमणकारी मध्येका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनखानीका सोम थिङ रहेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका थिङले समेत घटनाबारे स्वीकार गरेको इन्सपेक्टर तामाङले बताए । थिङले प्रहरीसमक्ष ‘चौकी नजिकै एउटा रेष्टुरेन्टमा रक्सी खाएर चौकीतर्फ गयौं । बीच बाटोमै प्रहरीले देखेपछि हो–हल्ला नगर्न आग्रह गरे । तर, प्रहरी चौकी भवननजिकै पुग्नासाथ ढुङ्गामुढा हान्न सु? गर्यौं ।’ बयानमा भनेका छन् ।


प्रहरी चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले रातोपाटीलाई जानकारी दिए । प्रहरी चौकीमा आक्रमण भएको घटना थाहा पाउनेबित्तिकै एसपी महर्जन पनि रातारात घटनास्थलमा पुगेका थिए ।

प्रहरीले सम्झाउन खोज्दा उल्टै हो–हल्ला गर्दै मापसे गरेको समूहले चौकीमाथि आक्रमण गरेको एसपी महर्जनले पनि पुष्टि गरे ।

आक्रमणबाट तिपेनी चौकीका प्रहरी प्रमुख (असई) सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् । असई झालाई थप उपचारको लmागि भन्दै काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल ल्याइएको छ भने हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिह?को खोजीकार्य जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप