शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘मैले पढुन्जेल कहिल्यै कापी किन्नु परेन’

शनिबार, २५ माघ २०७६, १२ : ३५
शनिबार, २५ माघ २०७६

दिलिपजङ्ग शाह विशालबजार कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । ३ वर्ष बढी भयो होला उनले यो जिम्मेवारी सम्हालेको । उनी आएपछि कम्पनीले एक किसिमको उचाइ बनाउन सफल भएको छ । कृषि विकास बैङ्कको फस्टक्लास अफिसर भएर अवकाश पाएका उनको अर्काे परिचय साहित्यकार पनि हो ।

साहित्य क्षेत्रमा उनी दिलिप शाहको नामले परिचित छन् । जाजरकोटको खलङ्गामा जन्मिएका उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा बस्दै आएका छन् । साहित्यमा गीत, कविता, गजल र कथा लेखनमा कलम चलाउँदै आएका उनको ६ वटा कथासङ्ग्रह प्रकाशित छन् । कथामार्फत चेतनाका बिगुल फुक्न रुचाउने दिलिप शाहसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानीको केही अंश ।

मेरो अध्ययन

म नियमित अध्ययन गर्ने रुचाउने मानिस हुँ । नेपाली बजारमा नयाँ साहित्यका पुस्तक आउने बित्तिकै किनेर पढ्छु । अफिस जाँदा र फर्कंदा गाडीमा पढ्छु । अफिसमा पनि फुर्सद भयो भने पढ्छु । अफिसमा, घरमा, गाडीमा सबै ठाउँमा पुस्तक राख्ने गर्दछु । फुर्सद भयो कि अध्ययन गर्छु ।

अहिले अध्ययन गर्दै गरेको पुस्तक ‘प्रयोशाला’ हो । केही दिन अगाडि मात्र ‘हजुर आमा’को कथा लगायत ३ वटा किताब किनेको थिए । ती पुस्तक पनि पढ्दैछु । अध्ययन गर्न मनपर्ने कथाका किताब हुन् । त्यसको अलवा उपन्यास र राजनीति चेतनाका पुस्तक पनि पढ्छु ।

मेरो फुर्सद

मलाई कहियै फुर्सद हुँदैन । आफैले निकाल्नुपर्छ । घर र अफिसको दूरी लामो छ । आवात जावातमै समय धेरै लाग्छ । फुर्सदमा पढ्ने, लेख्ने, परिवारका काम सघाउने, आफन्त भेट्ने, घरको बगैँचा सिगार्ने गर्छु ।

शनिबार प्रत्येक दिन घर नजिकको सार्वजनिक खोला सरसफाइ अभियानमा पनि जुट्छु । त्यो अभियानमा घर नजिकका धेरै साथीहरुको पनि साथ छ ।

मेरो खाना

मेरो मनपर्ने खाना दालभात तरकारी नै हो । त्यसमा गोलभेँडाको अचार जिब्रो पड्काएर खान मनपर्छ । मन नपर्ने खानेकुरा केही छैन ।

स्वास्थ्यको कारणले खुर्सानी र टिम्बुर खान हुँदैन । रेस्टुरेन्ट कहिलेकाहीँ परिवार र साथीभाइसँग जाने गरेको छु । रेस्टुरेन्टको मनपर्ने आइटम मम, चाउमिन, चाइनिज फुड हो । पकाउन रुचि छैन र आउँदैन । अहिलेसम्म मैले नगरेको काम पकाउने हो ।

मेरो फिट्नेस

म फिट्नेसका लागि सजग छु । अहिले जुन ठाउँमा बस्छु । त्यो ठाउँ अहिलेसम्म पोलुसन फ्री छ । त्यसैले नियमित जगिङ जान्छु । जगिङबाट फर्किएपछि घरमा सामान्य एक्सरसाइज गर्छु । घरमा एक्सरसाइजका सामान केही छैनन् ।

मेरो पोसाक

ठेट नेपालीमा भाषा मनपर्छ । म सिम्पल भाषाको प्रयोग गर्न रुचाउने व्यक्ति हुँ । सरल, मिठासपूर्ण र सबैले बुझ्ने खालको भाषा प्रयोग गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

मनपर्ने पोसाक दौरा सुरुवाल नै हो । तर सजिलो पहिरन क्याजुअल नै लाग्छ । त्यसमा पनि पाइन्टसर्ट मनपर्छ । पहिरनमा मनपर्ने कलर ब्राउन हो । पहिरन धेरैजसो सिलाएर लगाउने गरेको छु ।

रेडिमेड कहिलेकाहीँ मात्र किन्छु । ब्रान्डेडभन्दा पनि राम्रो ठाउँको पहिरन प्रयोग गर्नुपर्छ नराम्रो पर्दैन भन्ने मेरो मान्यता हो । टोपी सधैँ लगाउनु मेरो रहर होइन । कपाल नभएको कारण बाध्यता हो ।   

मेरो घुमफिर

घुमफिरतिर रुचि छ । घुमफिर उद्देश्य मुलक होस् भन्ने मेरो धारणा रहन्छ । केही पहिले हिसाब गरेको देशका ६९ जिल्ला घुमेको रहेछु । त्यो पनि नोकरीको सिलसिलामा घुमेको हुँ । आफै भए सम्भव थिए । विदेशका श्रीलङ्का, भियतनाम, बैङ्कक, भारत, चीन लगायत केही देश टेकेको छु । प्राकृतिक सुन्दरताले भरिएका ठाउँ घुम्न मन लाग्छ ।

मेरो खेलकुद

गाउँमा टालाको भकुन्डो, कक फाइट खेलिन्थ्यो । बेङ्लोरमा अध्ययन गर्दा भने टेबुल टेनिसमा युनिभर्सिटी टप प्लेयर थिएँ । क्यारिमबोर्ड पनि खेल्थें।

यो त घरमा पनि छ । अहिले टिभीमा गेमहरु हेर्छु । क्रिकेट र फुटबल हेर्न मनपर्छ । भ्याएसम्म यी खेलका महत्त्वपूर्ण देशविदेशका गेम हेर्छु ।

मेरो मोबाइल

अहिले मसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । मोबाइल तर एउटा भएपुग्ने देखेर एक मात्र बोकेको । कुराकानीको अलवा मोबाइलमा अनलाइनका समाचार पढ्न, फेसबुक, भाइबर, म्यासेन्जर लगायत चलाउ प्रयोग हुन्छ ।

मनोरञ्जनका लागि कुनैकुनै बेला युट्युबसमेत हेर्छु । मोबाइल छिटोछिटो फेर्ने बानी छैन । नहराए, नबिग्रेसम्म एउटै चलाउने हो । अहिले चलाएको मोबाइल पाँचौँ हो । यस अगाडिका केही बिग्रियो । केही हरायो ।

मेरो टिभी

साँझमा नियमित टिभी हेर्छु परिवारसँग बसेर । समाचार, देशविदेशका घटना हेर्न मनपर्छ । सीएनएन, अलजजिरा, भारतीय च्यानल चेन्ज गरीगरी हेर्छु । नेपालका पनि मनोरञ्जनात्मक कार्यक्रम हेर्छु । फिल्म पनि हेर्छु ।

मेरो चलचित्र

‘छक्का पञ्जा’ खालका चर्चा धेरै भएका फिल्महरु हेर्छु । भारतीय चलचित्र पनि हेर्छु । भारतीयमा आर्ट खालका चलचित्र मनपर्छ । ‘बाला’, ‘बिक्की जोनर’ यस्ता चलचित्र छुटाउँदिनँ ।

अहिलेभन्दा पहिले धेरै चलचित्र हेर्थें । एकै दिनमा चारचारवटासम्म पनि हरेको रेकर्ड छ । अहिले चलचित्रमा हलमा गएर भन्दा पनि घरमै हेर्छु ।

पछिल्लो समय हेरेको फिल्म ‘प्रेम गीत’ हो । त्यसपछि ‘छक्का पञ्जा’ टिमको केही हरेको छु ।

*****

पहिलेदेखि अहिलेसम्म पनि म जागिरमा छु । जागिरे जीवन मेरो पेसा भयो । सबैभन्दा पहिले कृषि विकास विभागको जागिरको सिलसिलामा गोर्खामा बसे केही समय । त्यसपछि कृषि विकास बैङ्कमा लोन (ऋण) अफिसरको रूपमा २०४३ मा अर्काे जागिर सुरु गरेँ ।

*****

मेरो भाषाशैली

ठेट नेपालीमा भाषा मनपर्छ । म सिम्पल भाषाको प्रयोग गर्न रुचाउने व्यक्ति हुँ । सरल, मिठासपूर्ण र सबैले बुझ्ने खालको भाषा प्रयोग गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

मलाई घुमाएर कुरा गर्न पनि आउँदैन । त्यसरी कुरा गर्ने व्यक्ति मन पनि पर्दैन । बोलीचालीमा भलाद्मी, शिष्ट भाषा नै प्रयोग  होस् जस्तो लाग्छ ।

मेरो प्रेम

मैले २०५१ मा विवाह गरेको हो । परिवारले खोजिदिएको केटीसँग विवाह गरे । विवाहपछि उनीसँग नै प्रेम भयो । त्यो प्रेम अहिलेसम्म पनि चल्दैछ ।

यो बाहेक स्कुल, कलेज लगायतमा पढ्दा कोहीसँग आकर्षण भए होला । तर प्रेम भने भएन । मलाई प्रेम प्रस्ताव राख्ने पनि थिए । तर मैले ती प्रस्तावतिर विचार गरिनँ । विवाहपछि दायाँबायाँ लाग्न मन गएन ।

मेरो पेसा

पहिलेदेखि अहिलेसम्म पनि म जागिरमा छु । जागिरे जीवन मेरो पेसा भयो । सबैभन्दा पहिले कृषि विकास विभागको जागिरको सिलसिलामा गोर्खामा बसे केही समय । त्यसपछि कृषि विकास बैङ्कमा लोन (ऋण) अफिसरको रूपमा २०४३ मा अर्काे जागिर सुरु गरेँ ।

यो संस्थामा रहँदा देशको विभिन्न ठाउँ हुँदै कृषि विकास बैङ्ककै विभागीय प्रमुख पदमा पुगेर २०७१ मा रिटाएर भए ।

अहिले नेपालको धेरै पुराना व्यावसायिक कम्पनी विशाल बजार कम्पनीको सीईओको रूपमा कार्यरत छु । विगत ३ वर्षभन्दा धेरै समयदेखि म यो कम्पनीमा आबद्ध छु ।  

मेरो साहित्य

मलाई सानैदेखि साहित्यतिर रुचि थियो । त्यस्तै ७, ८ कक्षामा पढ्दादेखि नै मैले लेख्न थालेको हो । त्यो समय हाम्रो स्कुलमा प्रत्येका शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । त्यो क्रियाकलपामा बढी साहित्य नै हुन्थ्यो ।

त्यही सिलसिलामा कहिले कविता, कहिले निबन्ध, कहिले कथा लेखिरहन्थेँ । यसो गर्दा मैले पुरस्कारको रूपमा कापी पुरस्कार जितिरहन्थँे । पुरस्कार कापी जित्ने भएका कारणले मैले पढुन्जेल कहिलै पनि कापी किन्नुपरेन ।

जानीनजानी मेरो सानैदेखि लेखनतिर रुचि भयो । अर्काे कुरो एक समय हाम्रो गाउँमा बनारसबाट शास्त्रीय बढेका केही गुरु नेपाली किताबहरु बोकाएर आउनु भएको थियो । ती गुरुले ल्याएको किताब लेखनाथ पौडेल, भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटाले पनि पढे त्यही बेला हो ।

उहाँहरु फर्किने बेलामा तिमीलाई किताबतिर रुचि रहेछ ।  व्यवस्थापन तिमी गर भनेर एउटा काठको दराजसहित छोडेर किताब जानुभयो । सो कारणले धेरै किताब पढ्ने मौका मिल्यो ।

अर्काे कुरो मेरो दाइ भारेसेस रिडर हो । ऊ किताब भनेपछि जे पनि पढ्ने । जसको घरमा जे पुस्तक भेटाए पनि ल्याएर पढ्ने । उसले पढेको किताब पनि पढ्थँे । पहेँलो गुलाफ भन्ने किताब मैले १७ पटक पढेँ होला ।

यस्तै यस्तै क्रियाकलापले मेरो लेखनतिर पनि रुचि बढ्यो । ०६२ सालमा मेरो पहिलो कथा सङ्ग्रह पुस्तकमा आयो ‘श्रद्धा सुमन’ । यो साझा प्रकाशनले बाहिर ल्याएको थियो । मसँग अहिले केही कविता, केही लघुकथा लगायत पुस्तक निकाल्नका लागि तयार पाण्डुलिपि छन् । तर निकालेको छैन ।

कहिलेकाहीँ मापसे लिन्छु तर झुल्ने गरेर लिन्न । साथीभाइ जमघट हुँदा हल्का पिउँछु । हरेक शुक्रबार घरमा एक दुई प्याक एक्लै भए पनि लिन्छु । भोड्का, ८८४८, ह्विस्की खाने गरेको छु । घरमा बार बनाएर सजाएर केही रक्सी राखेको छु । कहिलेकाहीँ आफैलाई पनि चाहिन्छ । साथीभाइ आउँदा पनि काम लाग्छ ।

मेरो अहिलेसम्म ६ वटा कथा सङ्ग्रह प्रकाशनमा आएको छ । जसमा मौन धारण, जालो, मुर्दार काठमान्डु, बघिनी र पछिल्लो केही महिना अगाडि आएको ‘चियर्स’ भन्ने हो ।

मेरो सपना

मैले एभरेज जिन्दगी राम्रोसँग बिताइसकेँ । त्यसैले अहिलेकेहीँ सपना पालेर बसेको छैन । जाजरकोट जस्तो दुर्गम ठाउँमा जन्मिएको मानिस म । नोकरीमा पनि फस्र्टक्लास अफिस भएर रिटायर्ड भए ।

अहिले म विशाल बजार कम्पनीको सीईयो जस्तो महत्त्वपूर्ण पदमा छु । पारिवारिक लाइफ र स्ट्यान्डर पनि ठीकै छ जस्तो लाग्छ । साहित्यमा पनि एक किसिमको नाम र परिचय बनेको छ ।

मेरो मापसे

कहिलेकाहीँ मापसे लिन्छु तर झुल्ने गरेर लिन्न । साथीभाइ जमघट हुँदा हल्का पिउँछु । हरेक शुक्रबार घरमा एक दुई प्याक एक्लै भए पनि लिन्छु ।

भोड्का, ८८४८, ह्विस्की खाने गरेको छु । घरमा बार बनाएर सजाएर केही रक्सी राखेको छु । कहिलेकाहीँ आफैलाई पनि चाहिन्छ । साथीभाइ आउँदा पनि काम लाग्छ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ । रोमान्टिक खालका गीतहरु सुन्छु । मैले पनि केही गीत लेखेको छु । गायक शिव परियार भाइले एउटा मेरो गीत गाएका थिए । मैले गजल पनि लेखेको छु ।

हिन्दी, नेपाली सबै प्रकारका गीत सुन्छु । शब्द राम्रो भएका नेपाली गीत बढी मनपर्छ । गीत सुन्ने समय यही हो भन्ने छैन । मन लाग्यो भने जुनै बेला पनि सुन्छु ।

मेरो भुल

जीवनमा भुल नगर्ने मानिस सायदै होलान् । जानी नजानी कैयौँ भुल भए होला । भुलले सिक्ने पनि हो । तर पछुताउने भुल अहिलेसम्म केही गरेको छैन ।

मेरो रोग

मलाई रोग भन्नु नै सुगर छ । यसले सताएको १०, १२ वर्ष भयो । बुबाआमा कसैलाई यो रोग थिएन । खुर्सानी खानै हुँदैन् झुक्किएर खाए भने जिब्रोमा खटिरा आउँछ ।

मेरो राशि

मेरो राशि मेष हो । ग्रहदशा हेराउने, देखाउने चक्करमा म कहिल्यै परेको छैन । किनभने यसमा विस्वास कहिल्यै लागेन । भगवानको एउटा नेचुरल पावर छ । जसले प्रकृति नियन्त्रण गर्छ भन्ने विश्वास छ । मन्दिर पुगे भने शिर निहुराउँछु । मन्दिर नै जानैपर्छ भन्ने मान्यता मेरो छैन । मन्दिर गएर फल प्राप्त हुन्छ भन्ने विश्वास लाग्दैन ।

मेरो मृत्यु

मृत्यु सत्य हो । जन्मिएपछि एक दिन मर्नुपर्छ । यो ध्रुव सत्य हो । आफूले र आफ्नो परिवारले दुःख महसुस हुने गरेर मृत्य नहोस् । सहज मृत्य होस् भन्ने चाहना छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप