शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिनामै दुब्लाउन चाहनुहुन्छ भने छोड्नुहोस् यस्ता ७ बानी

शनिबार, २५ माघ २०७६, ११ : २९
शनिबार, २५ माघ २०७६

आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । यदि यो सूचीमा तपाईं पनि समावेश हुनुहुन्छ भने एकपटक आफ्नो दैनिक तालिकामाथि निगरानी गर्नुहोस् । कतै तपाईंको बढिरहेको तौल तपाईंको बानीका कारण नै भएको त होइन ।

  यस्ता ७ बानी- जसमा ध्यान दिएर तपाईंले बढिरहेको तौलमाथि नियन्त्रण गर्न सक्नुहुन्छ ।

१. बसिरहनुः
एक घण्टा लगातार बसिरहनुहुन्छ भने एक महिनामा तपाईंको तौल एक किलो बढ्छ । त्यसकारण लगातार नबस्नुहोस् । अफिसमा तपाईं बसेर काम गर्नुहुन्छ भने छिनछिनमा हिँड्ने गर्नुहोस् ।

अमेरिकाको लुसियाना विश्वविद्यालयको अनुसन्धानका आधारमा धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो बढ्दछ जसले मोटोपना तिब्र रुपमा बढ्ने गर्दछ ।

२. टीभी हेरेर खानु:
यदि तपाईंको टिभी हेरेर खाने बानी छ भने आजैदेखि यसलाई छोड्नुहोस् किनभने टीभी हेर्दै खानुहुन्छ भने तपाईंको तौल एक महिनामा ६ सय ग्राम बढ्दछ ।

टिभी हेर्दै र फोनमा कुरा गर्दै खादाँ हामीले थाहै नपाई धेरै खानेकुरा खाइरहेका हुन्छौं । कुनै अनुसन्धानका अनुसार यदि खानेबेला हाम्रो ध्यान खानामा केन्द्रित हुँदैन भने हामीलाई सन्तुष्टि मिल्दैन । यसो गर्नाले खाना खाएको केही बेर पछि नै भोक लाग्दछ र हामीले थाहै नपाई धेरै खाइरहेका हुन्छौं ।

३. सुत्नुभन्दा पहिले खानुः
सुत्नुभन्दा पहिले खाना खानुहुन्छ भने तपाईंको तौल करिब ८ सय ग्राम बढ्छ । सुत्नुभन्दा कम्तीमा पनि एकघण्टा अघि खाना खानुहोस् । राती सुत्नुभन्दा पहिले खाना खान मनलाग्छ भने त्यो भोकको कारणले नभई तनाव वा बानीका कारण हुने गर्दछ । खाएर तुरुन्तै सुत्नुहुन्छ भने शरिरमा क्यालोरी खर्च हुँदैन र तपाईंको तौल बढ्ने गर्दछ ।

४. राती अबेर सुत्नुः
राती अबेर सुत्दा पनि महिनाभरीमा ८ सय ग्राम तौल घट्दछ । राती अबेरसम्म नसुत्ने बानी यदि छ भने हटाउनुहोस् । राती अबेरसम्म नसुत्दा हाम्रो ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।

५. कम सुत्नुः
पर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । आफ्नो निन्द्राको आवश्यकतालाई इग्नोर नगर्नुहोस् । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुन्छ ।

६. धेरै नुन खानुः
अत्यधिक नुन खाँदा महिनाभरीमा तपाईंको तौलमा २ सय ग्रामको वृद्धि हुन्छ । अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । धेरै नुनका कारण वाटर रिटेन्सन (शरिरमा पानीको व्यालेन्स बिग्रने) को समस्या हुनसक्छ । यसले शरिर सुन्निने र तौल बढ्ने गर्दछ ।

७. हिँड्नबाट बच्नुः
दिनभरीमा १ किलोमिटर पनि हिँड्नुहुँदैन भने तपाईंको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । यदि धेरै टाढा जानुछैन भने गाडीको सट्टा पैदल यात्रा गर्नुहोस् । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप