मध्यराति सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, चौकी प्रमुखसहित दुई प्रहरी घाइते
सिन्धुपाल्चोक । शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ ।
अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । झा प्रहरी चौकीका प्रमुख समेत हुन् ।
१०÷१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।
प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले रातोपाटीलाई जानकारी दिए । एसपी महर्जन पनि रातारात आफै घटनास्थलमा खटिएका छन् ।
आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण