मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीमा डेढ करोड जनताले शनिबार गर्दैछन् ६७२ जनाको भाग्य फैसला

शुक्रबार, २४ माघ २०७६, २३ : २८
शुक्रबार, २४ माघ २०७६

एजेन्सी । दिल्ली विधानसभाको ७० सीटका लागि शनिबार मतदान हुँदैछ ।  शनिबार बिहान ८ बजेदेखि सुरु हुने मतदानलाई विशेष चासोका साथ हेरिएको छ । मतदान प्रक्रिया साँझ छ बजेसम्म चल्नेछ । यो मतदान प्रक्रियामार्फत एक करोड ४७ लाख, ८६ हजार ३८२ मतदाताले ६७२ जना उम्मेद्वारको भाग्यको फैसला गर्दैछन् ।

यस निर्वाचनमा मतदाताले तेस्रो पटक आम आदमी पार्टी (आप) को सरकारलाई मौका दिने कि भाजपाको २२ वर्षको निर्वासन समाप्त हुने वा विगतमा लगातार १५ बर्ष सत्तामा रहेको काँग्रेसलाई फर्किने मौका दिन्छन् त्यो निर्णय भने हेर्न बाँकी नै छ।  फेब्रुअरी ११ मा हुने मतगणनापछि भाग्य फैसला हुनेछ ।

निर्वाचन आयोगले कुल २६२८ मतदान केन्द्रहरूमा १३७५० बुथमा मतदानको तयारी पूरा गरिसकेको छ। यी केन्द्रहरूमा शुक्रबार साँझ नै मतदान टोली पठाइएको छ । यो पटकको निर्वाचनमा सबैभन्दा कम ४ जना उम्मेदवारहरू पटेल नगर विधानसभा क्षेत्रमा छन् । यो पटकको निर्वाचनमा पहिलोपटक दिल्लीका ११ वटा विधानसभा क्षेत्रका मतदान केन्द्रहरूमा मतदाता पहिचान गर्न  परिचयपत्रको क्यूआर कोड स्क्यान गरिनेछ। यसअघि यो विधि झारखण्डड विधानसभा चुनावमा केहि मतदान केन्द्रहरूमा प्रयोग भएको थियो। 

यो पटकको दिल्ली विधानसभा चुनाव धेरै मानेमा विशेष देखिएको छ । आमआदमी पार्टीको तर्फबाट मुख्यमन्त्री अरविन्द केजरीवालले सत्तामा फर्किन दिल्लीमा प्रचार प्रसारका कार्यक्रमलाई तिब्रता दिएका छन् ।  उनले सयभन्दा बढी सडक प्रदर्शन र बैठकहरूको आयोजना गरिसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोही समयमा भारतीय जनता पार्टीले पनि सम्पूर्ण शक्तिसहित सडक प्रदर्शनहरु गरेको देखिएको छ ।

उक्त पार्टीका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाह आफैले यस अभियानको नेतृत्व गरेका थिए । उनले ६० वटा विधानसभा क्षेत्रहरूमा ५२  वटा सडक प्रदर्शन र बैठकहरू गरेका छन् । उनीसँगै पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, धेरै केन्द्रीय मन्त्रीहरू, ३ सय सांसद र अन्य राज्यका मुख्यमन्त्रीहरू र पूर्व मुख्यमन्त्रीहरूले पनि प्रचार कार्यक्रमलाई घनिभूत बनाएका थिए । यस निर्वाचनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उनका मन्त्रिपरिषदका सहायक उपमन्त्री मनिष सिसोदिया र मन्त्री गोपाल राई, सत्येन्द्र जैन, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र पाल गौतम निर्वाचन लड्दैछन् । विधान सभाध्यक्ष रामनिवास गोयल र उपाध्यक्ष राखी बिर्ला पनि चुनावी मैदानमा रहेका छन्।

विधानसभामा भाजपाका विपक्षी नेता विजेंद्र गुप्ता, राष्ट्रिय सचिव आरपी सिंह, प्रदेश उपाध्यक्ष तथा पूर्व विधायक मोहनसिंह बिष्ट, प्रदेश महासचिव रविन्द्र गुप्ता, पूर्वी दिल्ली नगर निगमका उपमहापौर सञ्जय गोयल, पूर्वांचल मोर्चाका प्रदेश अध्यक्ष मनीष सिंह, भारतीय जनता युवा मोर्चा (बीजवाईएम) का अध्यक्ष सुनील यादव चुनावी मैदानमा रहेका छन् । यता, काँग्रेसको तर्फबाट दिल्लीका पूर्व मन्त्री डा. एके वालिया, डा.नरेन्द्र नाथ, अरवदर सिंह लवली, आरोन युसुफ, पूर्व केन्द्रीय मन्त्री कृष्ण तीरथ, पूर्व सांसद परवेज हाशिमी, शिवानी चोपड़ा, प्रदेश काँग्रेस अध्यक्ष सुभास चोपडाकी छोरी र प्रचार अभियानमा थिए। कमिटीका अध्यक्ष कीर्ति आजादकी पत्नी पूनम आजाद पनि उम्मेदवार रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप