चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई रानीबन क्षेत्रमा नराख्न माग

काठमाडौँ । सरकारले कोरोना भाइरस फैलिएको चीनको बुहानबाट उद्दार गरेर ल्याउने नेपालीलाई राख्न विभिन्न स्थानमध्ये नागार्जुन नगरपालिका–१ स्थित इचंगुनारायण रानीवन क्षेत्रलाई समेत चर्चामा आएपछि स्थानीयले विरोध गरेका छन् । इचंगुनारायणमा सहरी विकास तथा भवन निर्माण विभागको भवन रहेको छ भने सोही स्थानलाई समेत सरकारले चीनबाट उद्दार गरेर ल्याउने नेपालीलाई राख्ने प्रस्ताव गरेको चर्चा छ ।
तर, एक अन्तर्क्रिया कार्यक्रममा रानीबन क्षेत्रका स्थानीयले बाक्लो बस्ती नजिकै चीनबाट उद्दार गरेर ल्याइएकाहरुलाई राख्दा संक्रमण फैलिन सक्ने भन्दै यो स्थान उपयुक्त नभएको धारणा राखेका छन् ।
स्थानीय उपभोक्ता समितिका अध्यक्ष शिव सिम्खडाले घना वस्तीको बीचमा चीनबाट नेपाल आएकालाई राख्दा अरुमा पनि संक्रमण फैलिन सक्ने भएकाले अन्यत्रै राख्न सुझाव दिए । स्थानीयले सो स्थानमा उनीहरुलाई राखिए आफूहरुको विरोध रहने समेत बताएका छन् ।
रानीबन क्षेत्रबाहेक सरकारले खरिपाटीस्थित विद्युत प्राधिकरणको भवन, पाँचखालमा रहेको नेपाली सेनाको तालिम केन्द्र, गोदावारीजस्ता स्थान समेत सिफारिस गरेको छ । तर अहिलेसम्म सरकारले कहाँ राख्ने भन्नेमा ठोस निर्णय भने गर्न सकेको छैन ।
बुहानबाट नेपाल फर्किन चाहनेलाई नेपालमा राख्न सुरक्षित ठाउँको टुंगो नलगाएकै कारण उनीहरुको उद्दारमा ढिलाइ भएको बताइएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार १ सय ८० जना नेपालीले स्वदेश फर्किन चाहेको भन्दै निवेदन दिएका छन् । उद्दारपछि पनि उनीहरुलाई कम्तिमा पनि १४ दिन आइसोलेसन सेन्टरमा राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना
-
रेशम चौधरी पक्राउ
-
असल र सफल मानिस बन्ने ९ सूत्र
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला